Friday 30 March 2018

जीवन (Life)

जति मान्छेहरु जन्मे, प्राय सबैले जीवनलाई परिभाषित गरे । आ–आफ्नै तरिकाले र ती सबै परिभाषाहरु वास्ताविकतासँग नजिक छन् । कसैले जीवनलाई सुख भने, कसैले दुःख भने र कसैले यात्रा त कसैले सङ्घर्स । जसले जे भोगे त्यही भने । फरक फरक मान्छेका फरक फरक भोगाई र त्यही भोगाई नै उसको जीवनको परिभाषा बन्यो ।

कसैको लागि जीवन मात्र बाँच्नको लागि हो भने कसैको लागि बाँचेर केही गर्नको लागि । जन्म र मृत्युको बीचमा हामीले जे जति भोगाईहरु बटुल्छौ, वास्तवमा त्यही नै जीवन हो ।  जीवन काँडा पनि हो र पूmल पनि । कहिले हाँसो, त कहिले आँसु ।

जीवन प्रकृतिको अमूल्य बरदान हो । यद्यपी यसलाई जीउने क्रममा अनेकौँ उतार चढाबहरु आउँछन् । कहिले विभिन्न प्रकारका समस्याहरु आउँछन्, तनाब हुन्छ अनि यी समस्याहरुबाट बच्नको लागि मृत्युलाई रोज्नेसम्मका सोच आउँछन् । त्यही पल कसैको जीवन अन्तिम अबस्थामा पुगेको हुन्छ र मृत्युसँग लडिरहेको उसले बाँच्नको लागि आफ्नो सर्बस्व लुटाईदिन्छ । यसरी एकै पलमा कोही बाँच्नको लागि सबै मूल्य चुकाउन तयार हुन्छन् भने कोही बाँच्नुको अर्थ नै नदेखी मृत्युवरण गर्न बाध्य हुन्छन् । वस्तवमा मान्छेले समस्याबाट भाग्ने होइन की बरु समस्यासँग लड्न सक्नुपर्छ । मान्छेहरुले आफ्नो समस्यालाई सबैभन्दा ठूलो ठान्दछ । तर उसले यो सोच्नै भुल्दछ की उसको भन्दा कति ठूलो समस्या बोकेर पनि मान्छे बाँचिरहेको हुन्छ ।