Monday 16 April 2018

नमस्ते (Namaste)


आफुभन्दा ठूलो अथवा भनौ आफुले सम्मान गर्नुपर्ने मान्छेलाई भेट हुँदा दुई हात जोडी सम्मान दर्शाउने शब्द हो नमस्ते÷नमस्कार । यसको अर्थ नमस्ते नगर्नु भनेको त्यो मान्छेप्रति सम्मन नै छैन भन्न खोजेको पक्कै होइन । 
कति मान्छेहरु यस्तो हुन्छन् जसलाई प्रत्येक दिन भेट हुँदा नमस्ते भन्नै पर्ने हुन्छ । कोही यस्तो पनि हुन्छन् जसलाई धेरै पछि भेट भएको हुन्छ र त्यस दिन नमस्ते गरेपछि अवस्था अनुसार दिनदिनै नगर्न पनि सकिन्छ । कहिलेकाही आफुले चिनेको मान्छे तर उसले आफुलाई चिन्दैन भने, त्यसतो मान्छेलाई नमस्ते नगर्न पनि सकिन्छ । अनि त्यो मान्छे सुरुमा भेट्दा चिनजान नभएको कारणले नमस्ते गरिएन र पछि चिनजान हुँदै गएपछि नमस्ते गर्न अप्ठ्यारो महसुस पनि हुन सक्छ । कहिलेकाही नमस्ते त गरियो तर त्यो नमस्ते खेर गयो आर्थात कुनै अहमताको कारण जवाफमा नमस्ते फर्काएन भने त्यसतो मान्छेलाई पनि अर्को दिनदेखी नमस्ते नगर्न सकिन्छ । अनि आफुले सधै नमस्ते गरिरहेको मान्छे तर त्यो मान्छेले राम्रो काम गरिदिएन अथवा आपैmलाई अनावश्यक तनाव दिन्छ भने त्यो मान्छेचाहीँ सम्मानको लायक रहन्न र नमस्ते पाउने अधिकार गुमाउन सक्छ ।
कहिलेकाही आफुले नमस्कार गर्ने सबै मान्छे सम्मानको लयक नहुन पनि सक्छन् र कहिल्यै नमस्ते नगरिएको मान्छे पनि अत्याधिक सम्मानको पात्र हुन सक्छ । यदि मैले मेरो बुबाआमालाई नमस्ते गर्दिन अथवा सिधा अर्थमा भन्दा ढोग्दिन भने मेरो मनमा मेरो आमाबुबाप्रति सम्मान छैन भन्न मिल्दैन ।
यो मेरो नितान्त व्यक्तिगत विचार हो । यसमा सबैको सहमति नहुन पनि सक्छ । यसमा मैले व्यक्तिगत अनुभवलाई समेट्ने प्रयास मात्र गरेको हुँ ।